२४ बैशाख २०८१, सोमबार | May 6, 2024

७० लाख लगानीमा ईट वेल शुभारम्भ



बुटवल । हेल्दी फुड, ह्याप्पी मुड को नारासहित बुटवल ११ मा ईट वेल रेष्टुरेन्ट संचालनमा आएको छ ।

रुपन्देहीका ३ जना युवाहरुको करीब ७० लाख लगानीमा रेष्टुरेन्ट संचालनमा ल्याएका हुन ।

बजारमा पाईने सबै आईटमभन्दा फरक पाईने संचालक प्रकाश घिमिरेले बताए । भारतिय, नेपाली लगायतका फरक फरक खानाका परिकार पस्कने सेफबाट सेवा दिने उनले बताए । रेष्टुरेन्टमा ३ जना कुक, १ जना हेल्पर र ४ जना सहयोगी गरि १० जनाले रोजगार पाएका छन। फ्रि डेलिभरी र प्याकेज समेत शुरु गरिने उनले बताए ।

एक समार‍ोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, महासचिव माधव खनाल, निवर्तमान सचिव मोहनलाल पाण्डे, रेष्टुरेन्टका संचालक विष्णु घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

आम नागरिकको स्वस्थ्यसंग सरोकार राख्ने सेवामुलक ब्यवसाय भएकाले पनि विशेष सावधानी अप्नाउनुपर्ने संघका अध्यक्ष गौतमले बताए ।

रेष्टुरेन्टका सल्लाहकार थानेश्वर पाण्डेले बजारमा ईट वेल स्पेशलका ८-१० आईटम फरक भएको दाबी गरे । विजनेशको क्रममा भारत भ्रमण गर्दा धेरै रेष्टुरेन्टहरुमा लिएको अनुभवबाट रेष्टुरेन्ट खोलेको उनले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : ३९ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।