११ चैत्र २०८२, बुधबार | March 25, 2026

कार्यविधि नबन्दा सुनचाँदी व्यवसायी मर्कामा, ११ बर्ष सम्म बनेन कार्यविधि



बर्दिया । बर्दियाका सुनचाँदी व्यवसायीहरुले सरकारले सुनचाँदी व्यवसाय तथा गुणस्तर मापन गर्नकालागि कार्यविधि नबनाउँदा ब्यवसायीहरु मर्कामा परेको बताएका छन् । कार्यविधि नै नबनाई सुनचाँदी पसलमा पनि रासन पसलमा जस्तै अनुगमन र छापा मार्ने गरेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।

सुनचाँदी व्यवसायी संघ बर्दियाको छैठौँ बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले सुनचाँदीको कारोवार तथा मापदण्ड सम्बन्धि कार्यविधि नै नबनाई सरकारले सुनचाँदी व्यवसायमा छापा हान्ने कारवाही गर्ने कार्य गरेको गुनासो गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बुद्धि बहादुर वि.कले सरकारसँग २०६६ सालमा सुनचाँदी व्यवसाय सम्बन्धी कार्यविधि मापदण्ड ल्याउने सहमती भएपनि हाल सम्म सहमती कार्यान्वयन हुन नसकेको बताए । उनले सुनचाँदी व्यवसायलाई चामलदाल पसलकै मापदण्ड अनुसार पसलमा छापा मार्ने गरेको बताए । उनले भने–‘१५ दिनभित्र कार्यविधि बनाउने र सो अनुसारको अनुगमनगर्ने सहमती भएपनि हाल सम्म बनेको छैन, कार्यविधि नै नभई के को आधारमा अनुगमन र छापा हान्छ सरकारले ।’ उनले सुनचाँदीव्यवसायलाई सरकारले फरक तरिकाले हेर्ने गरेको बताए ।

प्रदेश अध्यक्ष वि.क.ले हाल सुन व्यवसायीलाई बेच्नकालागि सुन नै नभएको बताउँदै लगानी गर्न चाहेर पनि राज्यले सुन उपलब्ध गराउन नसकेको बताए । ‘सरकारले सुन आयातगर्न रोकेको छ ।’उनले भने –कोभिडको समयमा दैनिक १० किलो मात्र सुन आयात गर्ने गरेकोमा व्यवसाय सञ्चालन हुँदा समेत सरकारले अहिले सम्म कोटा बढाएको छैन ।’

कच्चापदार्थको अभावले सुनचाँदी व्यवसायी मर्कामा परेको बताउँदै अध्यक्ष वि.क.ले सरकारले अझै पनि नसुनेमा देशभरीका व्यवसायी पसलबन्द गरेर आन्दोलनमा उत्रीनु पर्ने बताए ।

उनले अझै पनि ६० प्रतिशतभन्दा बढि कालिगढ विदेशी रहेको बताउँदै स्थानीय स्तरमा नै दक्ष कालिगढ उत्पादनकालागि स्थानीय सरकारले कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले सुनचाँदी व्यवसायीहरु श्रृजनशिल, उद्यमशिल बन्न सुझाव दिए । उनले हरेक ब्यवसायमा चुनौती हुने उल्लेख गर्दै सुनचाँदी ब्यवसायीले पनि चुनौति मोल्न र लगानी बढाउन सक्नु पर्ने बताए । उनले भने –‘आजको युग भनेको व्यापार व्यवसायीको युगहो । परम्परागत ज्ञान सिपलाई श्रृजनशिलतामा बदलेर सुनचाँदी व्यवसायीहरुले विश्वमा आफ्नो कलाको व्यापार गर्न सक्नुपर्दछ ।’ उनले व्यवसायीहरुलाई निर्वाहमुखीभन्दापनि व्यवसायीमुखी हुन सुझाव दिए ।

“पुख्र्यौलीगहनाको जगेर्ना गरौं । कला र संस्कृतिको संरक्षण गरौं, राष्ट्रलाई समृद्धि बनाऔं” भन्ने मुलनारा सहित सुनचाँदी व्यवसायी संघको छैठौं वार्षिक साधारण सभा शनिबार नै बर्दियामा सम्पन्न भएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ३५ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग