६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

चादलाई फुटसलको उपाधि



बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल प्रतियोगिताको उपाधि चाद क्लब बुटवलले चुमेको छ । शुक्रबार भएको फाईनल खेलमा मोबाईल समितिलाई फाईनलमा ४–१ गोलले पराजित गर्दै उपाधि हात परेको हो ।

प्रतियोगितामा पत्रकार टिमका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृट खेलाडी घोषणा हुदै पुरस्कृत भए । पत्रकारको टिम खेलमा तृतिय स्थान हासिल गरेको छ ।

एक कार्यक्रमको बिच लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ का मल्टिपल चेयरमेन पिएजेएफ सुनिल ओझा, अतिथि डिष्ट्रिक चिफ एडभाईजर एमजेएफ अर्जुनमान सैजु, सुरेसरत्न बज्राचार्य, लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ दिपक भट्टराई, कार्यक्रम संयोजक अब्दुल सलामत खान, सहसचिव भुपेन्द्र अर्याल, एन्जिल मोहमद खानले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा लायन्स क्लब अफ बुटवल स्मार्टसिटि, लायन्स क्लब अफ बुटवल स्टार्स, चाद क्लब, पत्रकार र मोबाईल समिति गरि ५ टिमको सहभागिता रहेको थियो ।

समाजमा विभिन्न पेशा र सेवामा आवद्ध युवाहरुमाझ खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित गतवर्षदेखि क्लबले फुटसल प्रतियोगिता गर्दै आएको लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ दिपक भट्टराईले बताउनुभयो । गतवर्ष पत्रकारको टिम विजेता रहेको थियो

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ३२ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध