२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतमा कोरोना संक्रमण दर फेरि बढेपछि १४ वटा सिमा नाकामा कडाई



बुटवल । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले भारतसँग सीमा जोडिएका १४ वटा नाकामा स्वास्थ्य सुरक्षा निगरानी बढाउने भएको छ ।

भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएको र त्यहाँ कार्यरत कतिपय नेपालीहरु घर फर्कन थालेका खबर आउन थालेपछि सरकारले नाकामा कडाई गरेको हो । भारतबाट फर्केका नेपालीहरुबाट नेपालमा पनि सङ्क्रमण भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको महाशाखाले जनाएको छ ।

भारतसँग बढीमात्रामा आवतजावत हुने मुख्य १४ वटा नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुनाह नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको छ ।

नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ४ : ३६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय