७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

३० वटा चोरीको मोटरसाइकलसहित २ जना पक्राउ



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाईतीब्र रुपमा अगाडि बढाएको छ ।

महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमानसिंह कुवरको हराएको बा ९२ प ९१३३ नंम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० बर्षे बिमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।

उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बा ९६ प ४५९० नम्बर प्रयोग गरेको अबस्थामा पक्राउ गरेको हो । महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ ।

चोरी भएका मोटरसाइकल उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिइँदै आएको बताए । यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका उनले बताए ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाका भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्व र, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ४२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल