१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

वैवाहिक जीवनलाई समधुर बनाउने ५ उपाय



एजेन्सी । विवाहलाई सबैभन्दा पवित्र र विश्वासमा आधारित सम्बन्ध मानिन्छ । तर पनि यो सम्बन्धलाई सधैभर सुमधुर बनाइराख्न गाह्रो पर्छ ।

कतिपय सामान्य कारणले पनि पवित्र भनिने वैवाहिक सम्बन्धमा दरार आउँछ । जसको पछिल्लो उदाहरणको हो सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै जानु ।

आजभोलि सम्बन्ध बिच्छेदका घटनाहरु धेरै बढ्न थालेका छन् । सात जन्मसम्म सँगै रहने भनेर कसम खाएका जोडीहरु पनि एउटा अवस्थामा आएर सम्बन्ध बिच्छेद गर्छन् । तर केही यस्ता उपायहरु छन् जसले दुईजनाबीचको सम्बन्धलाई मजबुत बनाइरहन सहयोग गर्छन ।

वैवाहिक जीवनलाई समधुर बनाउने ५ उपायहरु यहाँ उल्लेख गरिएको छ :

१. सम्बन्धमा सम्मानको महत्व प्रेम प्रकट गर्दा हामी बढी नै देखाएर गर्छौं । साँचो कुरा प्रेम सँगै विश्वास पनि हो । सम्बन्धमा एक-अर्काप्रतिको विश्वासको ठूलो महत्व हुन्छ । सम्बन्ध दरिलो बनाउन एक अर्काको निर्णय तथा सही बिचारको सम्मान गर्नुपर्दछ ।

२. आफन्तसँगको सुमधुर सम्बन्ध प्रत्येक नातेदारसँग आफ्नो सम्बन्ध उत्तिकै राम्रो हुनुपर्छ भन्न सजिलो छ, तर सबै आफन्त र उनीहरुको स्वभाव चिनेर खुसी पारिराख्नु त्यति सजिलो भने छैन ।

तर तपाईले आफ्नो तर्फबाट प्रयास भने गर्न छोड्नुहुँदेन । आफ्नो मान्छेसँग कुराकानी गर्दा कहिल्यै पनि झिँझो नमान्नुहोस् । भित्र मन नपरेपनि उनका कुरा शान्तसँग सुनिदिनुहोस् । मनमुटाव हुने स्थिति आए पहिल्यै सुल्झाउने प्रयास गर्नुहोस् ।

३. पैसाको बारेमा प्रष्ट हुनुस् । विवाहपछि आर्थिक रुपमा स्वतन्त्र हुन कठिनाई हुनसक्छ । तर बिहेपछि पैसाको बारेमा एक अर्कालाई जानकारी हुन जरुरी हुन्छ । यसो हुदाँ श्रीमान्श्री-मती दुवैले आर्थिक मामिलामा एक अर्कालाई शंका गर्ने ठाउँ रहँदैन । आफूले लगानी गरेको, सापटी दिएको, सहयोग लिएको जस्ता कुरा एकअर्कामा जानकारी हुँदा त्यसले सम्बन्धलाई सुधार गर्न मद्धत पुग्छ ।

४. सम्झौता गर्नु कमजोरी होइन । सम्बन्धमा कहिलेकाँही साना तिना कुराले पनि दिक्क पार्ने गर्छ । तर यस्ता कुरालाई ठूलो नबनाएर सम्झौता गर्नु राम्रो हुन्छ । सम्झौताले सम्बन्धलाई तन्काउने काम गर्छ । कसले भनेको कुरा ठूलो र कसले भनेको कुरा सानो भन्ने जस्ता कुरामा अल्झनु हुदैन ।

५. मायामा कमि हुन नदिनुहोस् । विहे भएको जतिसुकै वर्ष बितोस्, एक अर्काको प्रेममा कमी हुन नदिनुहोस् । एकअर्काको प्रसंशा गरिरहनुहोस् । जसले सम्बन्धलाई निरन्तर रुपमा सुमधुर बनाइरहन मद्दत पुग्छ । हप्तामा एकचोटीसंगै फिल्म हेर्न जानुहोस्, छोराछोरी, आफन्तसँग रमाउने गर्नुहोस् । यस्तो गर्नाले सम्बन्धमा उचाई थपिदै जान्छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५६ बजे

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक