३१ असार २०८३, बुधबार | July 15, 2026

१२ किलो चरेश सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले १२ किलो लागु औषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुरको एक होटलबाट प्रहरीले १२ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको हो ।

कोहलपुर चप्परगौडी स्थित न्यू सुदुरपश्चिम बाजुरा स्टाफ होटल कोठामा बसिरहेका २ जनाबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चरेस सहित पक्राउ पर्नेहरुमा रोल्पा सुनिलस्मृती गाँउपालिका ७ का रुद्र बहादुर बुढा र रुकुम-पुर्व भुमे भुमेगाँउपादिका – ७ का रवि पुन हुन् ।

होटलको १०१ नम्बरको कोठामा बसिरहेका उनीहरुसँगै रहेको जेब्रा झोलाबाट सो चरेस बरामद भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बाहिर खैरो रंगको प्लाष्टिक टेपले बेरी राखेको १२ प्याकेमा रहेको चरेशको तौल गर्दा १२ किलोग्राम रहेको थियो । पक्राउ परेकाहरुलाई लागु औषध कारोबार ए्ेन अनुसार म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १ : ४७ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत