८ बैशाख २०८३, मंगलबार | April 21, 2026

गोदावरी-पनौती क्षेत्रमा ‘चरा हब’



काठमाडौं । ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिने भएको छ ।

उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन् । स्थानीय तहले बनाएको यो योजनामा चरा संरक्षणकर्मीले समेत चासो दिएका छन् ।

केही वर्षअघिसम्म काठमाडौं उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे । यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले चरा हबका रूपमा विकास गर्न सकिने चराविज्ञ युविनराज श्रेष्ठ बताउँछन् ।

काठमाडाैं उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराहरूको सङ्ख्यामा कमी आए पनि फुल्चोकी तथा रानीकोट क्षेत्र चराहरूका लागि अझै पनि उत्कृष्ट बासस्थान रहेको पछिल्लो अध्ययनहरूले देखाएका छन् ।

यो क्षेत्रमा नेपालमा मात्रै पाइने काँडेभ्याकुरजस्ता विशेष महत्व बोकेका चरा पाइने चराविज्ञको दाबी छ । दुई दिन चराको खोजीमा पनौतीमा कमै मात्र पाइने मुरारी पुतलीचरा, सुनौलो रबिनसमेत भेटिनु निकै खुसीको कुरा रहेको र चराको तस्बिर लिनसमेत निकै राम्रो भू-बनोट भएकाले चराको हबका रूपमा विकास गर्न सकिने श्रेष्ठको भनाइ छ ।

पनौती नगरका नगरप्रमुख भीम न्यौपानेले ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक रूपले धनी चारवटा स्थानीय तहले चरा हबका रूपमा विकास गर्न योजना बनाएको जानकारी दिए । सूर्यविनायक नगरका नगरप्रमुख वासुदेव थापाले रानीकोट क्षेत्रमा चराको हबको विकास गर्न साझा अवधारणा बनाउन आफूहरू सहमत भएको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक हिम्मतसिंह ऐरले काठमाडौं वरपर नागार्जुन, शिवपुरी मात्रै नभएर रानीकोट तथा फुल्चोकी क्षेत्र चराको हबका रूपमा विकास गर्न आवश्यक पहल गरिने बताए । बेलायत तथा जापानका पर्यटक चरामा आकर्षित हुनेभएकाले यो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न सकिए पर्यटकको आवागमनमा समेत वृद्धि हुने उनले बताए ।

चराहरू पोखरी, दह तथा खोलामा आकर्षित हुने भएकाले पनौती नगरपालिकाले जङ्गलका बीचबीच तथा डाँडामा पोखरी निर्माण गर्ने योजनासमेत बनाएको छ । महालक्ष्मी नगरले लाकुरी भञ्ज्याङमा कृत्रिम ताल बनाउने तयारी थालेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ४३ बजे

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल