११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

रहेनन् ‘बेनीको बजार, जतामाया उतै छ नजर’का सर्जक टिकाबहादुर श्रेष्ठ



बुटवल । सर्वाधिक चर्चामा पुगेको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ का संकलक तथा सर्जक टिकाबहादुर श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको छ । बुटवल उपमहागनगर १२ मा बस्दै आएका श्रेष्ठको बिहिबार सांझ आफ्नै निवासमा निधन भएको हो ।

बिगत केहि महिनाबाट मृगौला सम्बन्धि रोगबाट पिडित रहेका श्रेष्ठको मधुमेहका कारण केहि दिन देखि सिकिस्त भएका थिए । घरमै बसेर उपचार तथा औषधी सेवन गर्दागर्दै बिहिबार ४ः१५ मा उनको निधन भएको श्रेष्ठका छोरा सन्तोष कुमार श्रेष्ठले जानकारी दिए ।

२००२ साल बैशाख १४ गते म्याग्दीको बेनी बजारमा जन्मेका टिकाबहादुर श्रेष्ठको २०२७ सालमा परम्परागत बिबाह भएको थियो । बिबाह पछि श्रेष्ठले संकलन र सङ्गीत भरेका ‘बेनीको बजार जता माया उतै छ नजर’ गित रेकर्डिङ गराउन काठमाडौं जाने क्रममा लोक गायिका मन छन्त्यालसँग माया बस्यो र २०३५ सालमा छन्त्याललाई दोस्रो श्रीमतीकारुपमा श्रेष्ठले बिबाह गरेका थिए । श्रैष्ठको पहिलो श्रीमतीको ५ महिना अगाडि निधन भएको थियो ।

श्रेष्ठले ‘गिती संग्रालय’ नामक पुस्तक प्रकाशन गरेका थिए भने बुटवलमा निजी बिद्यालय संचालन गर्ने ब्यक्तिकारुपमा पनि श्रेष्ठलाई चिनिन्छ । पाइनउड बोर्डिङ र देवकोटा बिद्यालयका संस्थापक श्रेष्ठको ‘बेनीको बजार’ पछि ‘टिम्मुरे काँडाले’ बोलको गित पनि चर्चित रहेको छ । उनले पंचायत बिरोधी ‘यो कान्छाको शिरैमा कालो टोपी ढल्केको’ ब्यङ्ग गितको पनि रचना गरेका थिए ।

श्रेष्ठले नेवारी परम्पराका गाइजात्रामा प्रस्तुत हुने गित, लाखेनाच, रोपाईं नाच, फागु पुर्णिमाको फागु गित लगायतका धेरै नेवारी संस्कृतिमा आधारित कृती तयार गरेपनि त्यसको दस्तावेज एल्वम वा पुस्तक भने बनाउन सकेनन् ।

उनको पहिलो श्रीमती तर्फ एक छोरा र दोस्रो श्रीमती तर्फ २ छोरी छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ४३ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र