११ श्रावण २०८३, सोमबार | July 27, 2026

सुनचाँदी व्यवसायीका समस्यामा राज्य मौन : सुनचाँदी व्यवसायी



बुटवल । नेपालमा सुनचाँदी व्यवसायीलाई सरकारले अहिले पनि व्यवस्थित बनाउन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन । कोभिड महामारीपछि नेपालका सुनचाँदी व्यवसायमा ठूलो मार परेको भन्दै यसलाई पुर्नउत्थान गर्ने र व्यवसायीका बर्षोदेखिको समस्या सम्बोधन गर्नतर्फ सरकार मौन रहेको उनीहरुको आरोप छ ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको तिलोत्तमा मंगलापुरमा शनिबार भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा बोल्ने वक्ताहरुले सरकारले सुनको कोटा प्रणालीमा २० केजीबाट घटाएर १० केजी बनाएको भन्दै आक्रोश पोखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैै पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता छविलाल विश्वकर्माले सुनचाँदी व्यवसाय नेपालको बिशिष्ट प्रकारको पेशा व्यवसाय भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकार सहयोगी बन्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायीहरुले भोगेका समस्यालाई सम्बोधन गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न ब्रज्रचार्यले सुन व्यवासय अन्य पेशा व्यवसाय भन्दा फरक भएकाले सरकारले छुट्टै निति बनाएर समस्या संम्वोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम विश्वकर्माले अध्यक्षको प्रतिवेदन पेश गर्दै आफ्नो कार्यकालमा व्यवसायीको पक्षमा काम गरेको बताउँदै नितिगत अप्ठ्याराहरु अझै कायमै रहेको बताए ।

उक्त अवसरमा पत्रकारिता क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार विनोद परियार र फूलू सुनारलाई सम्मान गरिएको थियो । संघका प्रेस सल्लाहाकार समेत रहेका परियारलाई नगद सहित सम्मान गरिएको थियो भने पत्रकार सुनारलाई सम्मान पत्रले सम्मान गरिएको थियो । पूर्वमन्त्री एंव नेकपा एमालेका नेता छविलाल विश्वकर्मा र संघका अध्यक्ष एम वि विश्वकर्माले उनीहरुलाई सम्मानित गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ४८ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न