१४ बैशाख २०८३, सोमबार | April 27, 2026

उपत्यकामा एकै दिन २१ दुर्घटना, १६०९ सवारी कारवाहीमा, घुस दिन खोज्ने दुईजना पक्राउ



काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढि ट्राफिक प्रहरी खटाएर सवारी चेकजाँचलाई कडा बनाएको छ ।

दुर्घटना रहित होली पर्व बनाउन भन्दै महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि ९०० बढी जनशक्ति एकै पटक परिचालन गरेको हो ।महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखी नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभरि चेकप्वाइन्ट राखिएको र बिशेषगरि होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिबिधीमा संलग्न चालकहरु उपर निगरानी बढाई कडाईका साथ कारबाहि गरिएको जानकारी दिए ।

उनले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने,नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर चेकिङ्लाई कडा बनाइएको बताए ।

बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाहि गरेको छ । बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा२१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको जनाउँदै ट्राफिक महाशाखाले एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको के.एम.सि. र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको समेत जानकारी दिएको छ ।

दुर्घटना रहित होली बनाउने बिशेष योजना सहितको चेकजाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारबाही गर्दा पाँचसय रुपैया घुस दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरि मालीगाँउ बृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरि होहल्ला गर्ने मोटरसाईकललाई कारबाहि गर्न खोज्दा एक हजार रुपैँया घुस दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारबाहीका लागि सातदोबाटो बृत्तमा पठाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ४१ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११