१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

उपत्यकामा एकै दिन २१ दुर्घटना, १६०९ सवारी कारवाहीमा, घुस दिन खोज्ने दुईजना पक्राउ



काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढि ट्राफिक प्रहरी खटाएर सवारी चेकजाँचलाई कडा बनाएको छ ।

दुर्घटना रहित होली पर्व बनाउन भन्दै महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि ९०० बढी जनशक्ति एकै पटक परिचालन गरेको हो ।महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरु राखेर बिहान ६ बजेदेखी नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभरि चेकप्वाइन्ट राखिएको र बिशेषगरि होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिबिधीमा संलग्न चालकहरु उपर निगरानी बढाई कडाईका साथ कारबाहि गरिएको जानकारी दिए ।

उनले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने,नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर चेकिङ्लाई कडा बनाइएको बताए ।

बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाहि गरेको छ । बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा२१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको जनाउँदै ट्राफिक महाशाखाले एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको के.एम.सि. र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको समेत जानकारी दिएको छ ।

दुर्घटना रहित होली बनाउने बिशेष योजना सहितको चेकजाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारबाही गर्दा पाँचसय रुपैया घुस दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरि मालीगाँउ बृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरि होहल्ला गर्ने मोटरसाईकललाई कारबाहि गर्न खोज्दा एक हजार रुपैँया घुस दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारबाहीका लागि सातदोबाटो बृत्तमा पठाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ४१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग