१ पुस २०८२, मंगलबार | December 16, 2025

होटल रेष्टुरेन्टमा डिजिटल क्यूआर मेन्यु : सजिलो डाइन



विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय लोकप्रिय हुदैछ । त्यसको एक उदाहरण बनेको छ www.sajilodine.com।

पछिल्लो समयको कोभिड–१९ ले सृजना गरेको महामारीबीच संचालमा आएको Sajilo Dine होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दुरी कायम गर्दै वयेटर विना आफ्लाई चाहेको मेन्यू अर्डर गर्न सकिने ई–मेन्यु हो sajilodine । sajilodine ले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल QR Scanner मेन्यू उपलब्ध गराएको छ ।

Sajilo Dine होटल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल QR Scanner मेन्यू हो । यो प्रयोग गर्न समेत एकदमै सहज र सरल छ ग्राहकले आफ्नो टेवलमा रहेको QR कोडलाई आफ्नो मोवाईनमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलव्ध आजका मेन्यूहरु आफ्नै मोवाईलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् भने अर्डर मेन्युको मूल्य समेत थाहा पाउन सक्नेछन् । ग्राहकले गरेको अर्डर सफ्वयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले बेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ ।

कम्पनीका संचालकका अनुसार “नेपालका बैंकिङ, शिक्षा, विमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीको लागि प्रयोगमा आएको QR Scanner होटल तथा रेस्टुरेन्टको मेन्यू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।”

राजधानीका विभिन्न १ सय भन्दा बढि होटल तथा रेस्टुरेन्ट तथा पे.पे. पिज्जा का सबै शाखाहरुमा संचालमा आई सकेको Sajilo Dine सफ्टवेयर प्रयोग गर्न चाहने जुनकुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्ने छन् जसका लागि यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक मात्र ३ हजार रुपैयाँ मात्र तिरे पुग्छ ।

“इ–मेन्यू हाल बजारको अत्यावश्यक माग थियो जुन Sajilo Dine सुरु गरेको छ, हुनत हाल बजारमा हाम्रौ नक्कल गर्दै अन्य कम्पनीहरु पनि नआएका हैनन् तर हामी अरु भन्दा फरक छौं, हामी संग एड्भान्स टेक्नोलोजी र दक्ष प्रविधिको अनुभव छ । झन्झट रहित छिटो सेवा तथा गुणस्तरिय सुविधा नै आजको आवश्यकता हो । आजको दिनमा जस्ले छिटो झन्झट रहित सेवा तथा सुविधा प्रदान गर्दछ त्यो नै बजारमा उत्कृष्ट ठहरिन्छ । त्यसैले होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा मेन्यू अर्डरको लागि एउटा विकल्प हो Sajilo Dine ”, कम्पनी संचालक बताउँछन ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ११ : ४२ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि