१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

चहराइरहने एउटा घाउ : तलाक माग्दा एसिड प्रहार



जनकपुरधाम । श्रीमानको झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन । मुद्दा लिएर अदालत पनि गइन ।

कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन । तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे ।

एसिडले आरतीको आधा शरीर जल्यो। एउटा आँखा कामै नलाग्ने भयो । मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो । उनलाई अहिले असह्य पीडा छ । औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ । तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको छ ।

तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन । तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन । ‘उनको उपचार, खानपान र रेखदेखमा लाखौं रुपैयाँ खर्चेर अहिले ऋणमा डुबेको छु’, बुवा सुबोधले भने, ‘अहिले भाडाको घरमा दुई हजार रुपैयाँ छुट्टै तिरेर छोरी र नातिनीलाई राखेको छु । त्यसमाथि खानपिन र औषधि जोड्न साह्रै अप्ठ्यारो भएको छ ।’

प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आरतीलाई मधेस भवनमा बोलाएर सम्मान गर्‍यो । तर, उनको उपचार वा जीवनयापनका लागि कुनै सहयोग नगरेको सुबोधले बताए । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : १५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको