१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

राजधानीमा पानी पर्दा वायु प्रदूषणमा सुधार तर अझै अस्वस्थकर



काठमाडौं । झन्डै १ साता धुवाँ र धुलोको तुवालोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि ‘घातक’ मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण ‘अस्वस्थकर’ तहमै रहेको छ ।

राजधानीको भैंसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक(अक्वा) ४ सय माथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौंको वायुको गुणस्तर (एक्वा) १६०को हाराहारीमा झरेको देखाए ।

वायु प्रदूषणको मात्रा नाप्ने इन्डेकस (अक्वा) १५० अंकदेखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ । एक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वको मापन गरिन्छ ।

प्रदूषण मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माक्रोमिटर तथा सो भन्दा सानो व्यास भएका सुक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा व्यास भएका कणहरूलाई पीएम १० को रुपमा नापिन्छ । बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणहरूलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो ।

बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवालोका कारण गत शुक्रबार वायुमण्डलको पारदर्शिता (भिजिविलिटी) को मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर ७ किलोमिटर पुगेको छ । कमजोर भिजिविलिटीका कारण आन्तरिक हवाई उडानसमेत प्रभावित भएका थिए ।

‘हावा चलेको छ , यो राम्रो हो तर यो स्थानीय वायुका कारणले गर्दा भएको हो । केही हदसम्म सक्रिय भए पनि हाल पश्चिमी वायु अत्यन्त कमजोर छ,’ उनले भने । अबका ३-४ दिनसम्म पश्चिमी वायु कमजोर नै रहने भएकाले वायुमण्डल पूर्णरूपमा सफा हुन कठिन हुने महाशाखाको अनुमान छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ३७ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको