११ बैशाख २०८१, मंगलबार | April 23, 2024

केन्द्रीय अनुगमन समिति सक्रिय



काठमाडौं । लामो समयदेखि निष्क्रियजस्तै हुदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ ।

मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने, नागरिकको गुनासोको शीघ्र व्यवस्थापन गर्ने, रासायनिक मलको सहज आपूर्ति व्यवस्था मिलाउने, पूर्वाधार विकासका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्नेलगायतका आधा दर्जन महत्वपूर्ण निर्णय गरेको हो ।

मुख्य सचिव वैरागीले अनुगमन समितिको बैठक दोस्रोपटक राखेका हुन् । विगतमा यस्ता बैठकले गरेका कैयौं निर्णय कार्यान्वयन नभई अलपत्र अवस्थामा रहने गरेका थिए । अनुगमन समितिको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने विषयलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ ।

हाल बजारमा दैनिक उपभोग्यवस्तुमा अस्वाभाविक रूपमा भइरहेको मूल्यवृद्धिले आम सार्वधारण नागरिकमा पीडा थपिरहेको छ । सरकारी अनुगमन संयन्त्र अत्यधिक कमजोर देखिएको छ ।

त्यसैले, आगामी दिनमा त्यस्तो कमजोरी हुन नदिनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरी संयुक्त अनुगमनसम्बन्धी कार्यविधि तर्जुमा गर्ने र संयुक्त अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

यसका लागि अनुगमनमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराई अनुगमनमा संलग्न गराउने निर्णयसमेत सो बैठकले गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : ०९ बजे

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर