३ पुस २०८२, बिहिबार | December 19, 2025

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता : अन्तिम चारको टुगो



बुटवल । रुपन्देहीमा जारी सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ ।

क्वाटरफाईनल खेलबाट जिल्ला भलिबल संघ बाग्लुङ, रुपन्देही, स्याङजा, र नवलपरासी अन्तिम चारमा स्थान बनाएको हो । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा बुधबार भएको पहिलो क्वाटरफाईनल खेलमा जिल्ला भलिबल संघ पाल्पालाई जिल्ला भलिबल संघ बाग्लुङले ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । बाग्लुङले २५–२०, २५–१६, २५–१६ को जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।

यसैगरि दोस्रो क्वाटरफाईनल खेलमा रुपन्देहीले गुल्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । तेस्रो क्वाटरफाईनल खेलमा स्याङजाले तनहुमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । पहिलो र दोस्रो सेट नवलपरासीले २५–२२, २५–२१ को सेटमा जित निकाल्दै अग्रता लिएपनि खेलको तेस्रो र चौथो सेटमा पर्वतले २५–१६, २५–२० को सेटमा खेल बराबरीमा ल्याएको थियो । अन्तिम सेटमा नवलपरासीले १५–५ अंकले जित निकाल्दै खेलको अन्तिम चारमा स्थान बनायो ।
प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताए । जसमा बाग्लुङ, बाके, तनहु, रुपन्देही, रोल्पा, पर्वत, स्याङजा, पाल्पा, कास्की, गुल्मी, नवलपरासी र नवलपुर रहेका छन । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान आयोजकको छ । लिग कम नकआउट आधारमा आयोजना गरिने प्रतियोगितामा १२ टिमलाई चार समुहमा विभाजन गरिएको छ ।

खेलप्रेमी चित्र बहादुर गुरुङले प्रतियोगिता संचालन गर्न ३ लाख रुपैया सहयोग गरेका छन । यसैगरि प्रथम पुरस्कार राशी निर्मल शर्मा, कृष्णबाबु पोखरेल, शंकर सापकोटा, जितेन्द्र केसी, तारा शर्मा र पशुपति गिरी तथा द्धितिय पुरस्कार हिमाल थापा मगर र सचिन दलार्मीले तथा तृतिय पुरस्कार लुम्बिनी फर्निचरले सौजन्य गरेका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : १० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको