२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता : अन्तिम चारको टुगो



बुटवल । रुपन्देहीमा जारी सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ ।

क्वाटरफाईनल खेलबाट जिल्ला भलिबल संघ बाग्लुङ, रुपन्देही, स्याङजा, र नवलपरासी अन्तिम चारमा स्थान बनाएको हो । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा बुधबार भएको पहिलो क्वाटरफाईनल खेलमा जिल्ला भलिबल संघ पाल्पालाई जिल्ला भलिबल संघ बाग्लुङले ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । बाग्लुङले २५–२०, २५–१६, २५–१६ को जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।

यसैगरि दोस्रो क्वाटरफाईनल खेलमा रुपन्देहीले गुल्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । तेस्रो क्वाटरफाईनल खेलमा स्याङजाले तनहुमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । पहिलो र दोस्रो सेट नवलपरासीले २५–२२, २५–२१ को सेटमा जित निकाल्दै अग्रता लिएपनि खेलको तेस्रो र चौथो सेटमा पर्वतले २५–१६, २५–२० को सेटमा खेल बराबरीमा ल्याएको थियो । अन्तिम सेटमा नवलपरासीले १५–५ अंकले जित निकाल्दै खेलको अन्तिम चारमा स्थान बनायो ।
प्रतियोगितामा गण्डकी र ५ नम्बर प्रदेशका १२ जिल्लाका उत्कृष्ट टिमहरुले सहभागिता जनाउने संयोजक सुरेन्द्र गुरुङ बताए । जसमा बाग्लुङ, बाके, तनहु, रुपन्देही, रोल्पा, पर्वत, स्याङजा, पाल्पा, कास्की, गुल्मी, नवलपरासी र नवलपुर रहेका छन । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान आयोजकको छ । लिग कम नकआउट आधारमा आयोजना गरिने प्रतियोगितामा १२ टिमलाई चार समुहमा विभाजन गरिएको छ ।

खेलप्रेमी चित्र बहादुर गुरुङले प्रतियोगिता संचालन गर्न ३ लाख रुपैया सहयोग गरेका छन । यसैगरि प्रथम पुरस्कार राशी निर्मल शर्मा, कृष्णबाबु पोखरेल, शंकर सापकोटा, जितेन्द्र केसी, तारा शर्मा र पशुपति गिरी तथा द्धितिय पुरस्कार हिमाल थापा मगर र सचिन दलार्मीले तथा तृतिय पुरस्कार लुम्बिनी फर्निचरले सौजन्य गरेका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : १० बजे

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता