१२ बैशाख २०८१, बुधबार | April 24, 2024

लुम्बिनी फुटसल लिगमा छनौट



बुटवल । रुपन्देहीमा सम्पन्न ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा लुम्बिनी फुटसल लिगमा छनौट भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शनिबार भएको फाईनल खेलमा झरना स्पोर्ट्स क्लबलाई ७–१ गोल अन्तरले पराजित गर्दै लुम्बिनी प्रतियोगितामा विजेता बनेको हो । लुम्बिनीका रफि महर्जनले गोल गर्दै अग्रता लिएका थिए । लुम्बिनीको जितमा गेली शेर्पाले –२, रुपेन बराईलीले–२, रोजल दाहाल र झरनाका जितेश गुरुङले आत्मघाती गोल गरेका थिए ।

झरनाका मोहन बहादुर थापामगरले २ गोल गरेका थिए । खेलमा रफि महर्जन म्यान अफ दी म्याच घोषित भएका थिए । चैत १९ गतेबाट शुरु भएको छनौट खेलमा तिन वटा प्रदेशका ८ टिममध्येबाट लुम्बिनी फुटसल ए डिभिजनमा पर्न सफल भएको संयोजक बिनोद गुरुङले बताए । योसंगै लुम्बिनीले लिग तयारीको लागि नगद १ लाख रुपैया क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए ।

रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच छनौट खेल भएको थियो । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ । काठमाण्डौमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ४ : ०९ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको