३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट बनेका दुई मन्त्रीद्वारा राजीनामा



पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नो राजीनामा बुझाएकाछन्।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीद्वय चुमान र थापालाई मन्त्रीपदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

बुधबारबाटै सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफुहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको जानकारी दिएका थिए । सम्बोधनका क्रममा चुमानले केन्द्रमा देखा परेको राजनीतिक अस्थिरताले प्रदेशलाई पनि प्रभावित बनाएको बताएका थिए ।

माओवादी केन्द्रले एमालेका पृथ्वीसुब्बा गुरुङलाई समथर्न गरेसँगै उनीहरु २०७४ फागुन ४ देखि मन्त्री रहँदै आएका थिए । पार्टी एकताको स्प्रिटसहित एउटै चुनावी घोषणापत्र लिएर चुनाव लडेका एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुख पद बाँडफाँड गरिएको थियो ।

गण्डकी प्रदेशसभामा ६० सदस्य रहेका छन् । जसमध्ये एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका दुई जना सांसदहरु रहेका छन् ।

माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपनि समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ४६ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०