२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।

आजदेखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । सत्ता सहयात्री नेकपा एमालेको ओली पक्षले गत चैत्र ३ गते सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो । त्यसको केही दिनपछि एमालेकै नेपाल पक्ष निकट मन्त्रीहरुले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न नेपाली कांग्रेस लगायतका दलहरुसँग छलफल जारी राखेका छन् । कांग्रेसले समर्थन गरेपनि शाहीलाई अपुग हुने मत प्राप्त गर्न राप्रपाको १ र एमालेकै मत आवश्यक पर्छ

बिहीबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन । कर्णालीको विकास र समृद्धिका लागि तीन वर्षदेखि लागि परेको सरकार हटाउन केही व्यक्तिको निहित स्वार्थले काम गरेको भन्दै नेपालीले सरकारको पक्षमा मत मागेकी थिइन ।

कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। त्यसमध्ये एमालेबाट सभामुख बनेका एक जना र माओवादी केन्द्रबाट हालै दल त्याग गरेका एक जनाले भोट हाल्न पाउँदैनन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : ४५ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका