२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कर्णाली प्रदेशका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्दै



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध मतदान गर्न एमालेले ह्वीप जारी गर्नेभएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै लिन लागेको विश्वासको मत विरुद्ध मतदान गर्न ह्वीप लगाउने उद्देश्यले एमाले संसदीय दलको बैठक केहीबेरमा बस्न लागेको छ ।

एमालेले मुख्यमन्त्रीले लिन विश्वासको मत असफल बनाएपछि आफ्नै नेतृत्वमा सरकार बनाउन तत्कालै पहल गर्ने भएको छ । शाहीले विश्वासको मत लिने प्रयास असफल भएपछि बैठकले संसदीय दलका नेता यामलाल कँडेललाई नयाँ मुख्यमन्त्रीको रुपमा एमालेले अघि सार्ने भएकोछ । प्रदेशसभामा एमालेका सभामुखसहित २० सांसद रहेका छन् ।

आजै दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदैछन् । शाहीले आफुलाई सहयोग गर्न नेपाली कांग्रेस र राप्रपासहित केही एमाले सांसदहरुसँग पनि पहल गरेका थिए । तर, कांग्रेसले अहिलेसम्म निर्णय लिएको छैन भने राप्रपा तटस्थ बस्ने भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न एमाले सांसदले फ्लोर क्रस गरेभनेमात्रै सम्भव देखिन्छ । त्यसका लागि एमालेका सांसदहरुले दल त्याग गर्ने निश्चिततासहित फ्लोर क्रस गर्नुपर्ने हुन्छ । लाभको पदमा बसिरहेका सांसदहरुले आफ्नो पार्टीको निर्देशन विपरित ह्वीप उल्लंघन गर्ने सम्भावना भने अत्यन्तै न्यून रहेको छ ।

प्रदेश संसदीय दलमा एमालेभित्र पनि एकता भने छैन । केपी ओली पक्ष र माधव नेपाल पक्षका सांसदहरुबीच कित्ताकाट छ । ओलीको पक्षमा ९ जना सांसदमात्रै रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ५८ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको