४ पुस २०८२, शुक्रबार | December 19, 2025

खाद्य गुणस्तर अधिकार र संप्रभुता विषय अन्तरक्रिया गोष्ठी



बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजनामा खाद्य गुणस्तर अधिकार र संप्रभुता विषयक अन्तरक्रिया गोष्ठी बुटवलमा सम्पन्न भएको छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव श्रीधर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खाद्य अधिकार सुनिश्चिताका लागि प्रदेश सरकार सदैभ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा, पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौड्याल, कृषि विकास रणनीतिक विज्ञ डिलाराम भण्डारी, कृषि ज्ञान केन्द्र प्रमुख राम मिलान विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश स्तरमा खाद्य गुणस्तरको अवस्था यसको नियमन सम्बन्धी विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका खाद्य अनुसन्धन अधिकृत प्रशान्त पोखरेलले, नेपाल सरकारको खद्या अधिकार तथा सम्प्रभुतामा नितीगत व्यवस्था विषयमा कृषि विकास रणनीतिक सल्लाहकार डिलाराम भण्डारी र प्रदेश सरकारको खाद्य अधिकार, सम्प्रभुतामा नीतीगत व्यवस्था विषयमा श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नविन गैरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ४२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज