११ माघ २०८२, आइतबार | January 25, 2026

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।एमालेको कर्णाली प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिन लागेको विश्वासको मत विरुद्ध मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।

एमालेको प्रदेशसभा प्रमुख सचेतक गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

कर्णाली प्रदेशसभा बैठक अहिले केही बेरमा सुरु हुँदैछ । बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

तीन वर्षअघि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीलाई एमालेको ओली पक्षले गत चैत्र ३ गते समर्थन फिर्ता लिएको थियो । सुरुमा सरकारलाई समर्थन जारी रहेको बताएको एमालेकै माधव नेपाल पक्ष भने केही दिन पछि सरकारबाट बाहिरिएको थियो ।

प्रदेशसभामा सभामुखसहित एमालेका २० सांसद रहेका छन् । सभामुखले भोट दिन पाउँदैनन् । यस्तै माओवादी केन्द्रका १३ जना सांसदहरुमध्ये एक जनाले दल त्याग गरेका छन् । कांग्रेसका ६ जना र राप्रपाका एक सांसद रहेका छन् । कांग्रेसले कसलाई मतदान गर्ने भन्नेबारेमा अझै निर्णय गरेको छैन भने राप्रपा तटस्थ बस्ने भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न नसके उनी सरकारबाट बाहिरिनेछन् । एमालेले संसदीय दलका नेता यामलाल कँडेललाई नयाँ मुख्यमन्त्री बनाउने योजना बनाएको छ

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : २७ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)