२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीले मागे विश्वासको मत



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका छन् ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुलार्य आग्रह गरेका छन् ।

शाहीले आफु पाँच वर्षका लागि निर्वाचित भएपनि एमालेले समर्थन फिर्ता लिएका कारण पुनः विश्वासका मत लिन उपस्थित भएको बताए । शाहीले भने ‘त्यसकारण संवैधानिक व्यवस्था अनुरुप सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यो अवस्थामा उभिएका छौं ।’

त्यसक्रममा मुख्यमन्त्री शाहीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठनभएपश्चात ५८७ वटा जनपक्षीय निर्णय गरेको स्मरण गरे । उनले आफ्नो सरकारले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि धेरै काम गरेको जिकिर गरे । शाहीले कर्णालीको प्रतिपक्ष भनेको रोग, भोक र अविकास भएको बताए ।

सभामुखसहित २० सदस्य रहेको एमालेले भने मुख्यमन्त्री शाहीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप लगाइसकेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : २९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका