२३ बैशाख २०८३, बुधबार | May 7, 2026

जहाँ जोखिम, त्यहीं खेलाँची



धनगढी । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर अन्नपूर्ण पोस्ट्को टिम पुग्दा सबै कुरा अस्तव्यस्त देखियो ।

प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त थिए। नाकामै सयौं ई-रिक्सा पार्किङ गरिएका थिए । ती रिक्साका चालक भारतीय सीमाभित्रै पसेर यात्रुका झोला ओसारिरहेका देखिन्थे। मुखमा न मास्क, हातमा न पञ्जा थियो ।

कुनै स्वास्थ्य सावधानी अपनाएको देखिएन । ‘यस्तो नगरे घर चल्दैन। हामीलाई त कोरोना भएर निको पनि भइसक्यो होला’, नाम नबताएका एक रिक्सा चालकले भने, ‘कति दिनसम्म कोरोना कोरोना भनेर रोजीरोटी नचलाउने ?’

नाकामा ईरिक्सा मात्रै होईन, मिनी बस ले पनि यात्रुलाई धनगढी बजारसम्म बोक्ने गर्छन । धनगढी बसपार्कका होटल सञ्चालकले भारतबाट आएका नेपालीलाई आफ्नो होटलमा ल्याउन निःशुल्क बस चलाएका छन । दिनभर आफ्नो होटलमा खानपीन गर्ने, त्यसपछि गन्तब्यसम्मको टीकटमा कमिशन पनि पाउने ।

अरू पनि फाइदा मिल्ने भएकाले होटल सञ्चालकले बसबाट जथाभावि यात्रु ओसारेको पनि देखियो । सरकारले भारतबाट आएकाहरू नागरिकका लागि नाकामा निशुल्क एन्टीजेन परिक्षणको व्यवस्था गरेको छ । तर, बसका कर्मचारीले सकेसम्म एन्टीजेन परिक्षणबाट पनि छुटाएर यात्रुलाई बसपार्कसम्म ल्याएको पाईयो ।

अछामको साफेबगरका रामबहादुर दमाई र सुर्खेतका सुरत नेपाली सँगै भारतको मुम्बईबाट गौरीफन्टा आइपुगे । दुबै जना सँगै नै विन्दास भएर नेपाल छिरे । उनीहरूले न मास्क लगाएका थिए न त स्यानिटाइजरकै प्रयोग गरेका थिए । सयौंको भीड छिचोल्दै भारतको मुम्बईबाट बसमा आएका उनीहरूलाई हेल्थ डेस्कका कर्मचारीले मास्क दिए ।

‘मास्क लगाएर के गर्नु ? यो मास्कले कोरोनाको किटाणु रोक्दैन भनेर सुनिन्छ’, धनगढी बसपार्कमा अछाम जान बसको टिकट बनाइरहेका भरत राललले भने, ‘सरकारले केही सुविधा दिएको छैन, न क्वारेन्टाईन छ, न गतिला आईसोलेशन नै । अब हामीले मास्क लगाएर मात्र कोरोनाबाट जोगिने हो त ? मास्क लगाए झन शरिरमा अक्सीजन कम हुन्छ र मानिस विरामी हुन्छ ।’  उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : १२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा