११ माघ २०८२, आइतबार | January 25, 2026

कोरोनाको दोस्रो लहर : एचआईभी पीडितलाई चिन्ता



काठमाडौं । नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ ।

यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय भने समाज सेवा हो । बिरामीको उपचार सेवामा सहयोग जुटाउन कोरोनाले अवरोध गर्ने भय उनमा छ ।

विगत दस वर्षदेखि एचआईभी/एड्सबाट प्रभावितबीच काम गरिरहेकी राईलाई गत वर्ष कोरोना महामारीको बेला धेरै प्रभावितको रोजगारी गुमेर झेल्नुपरेको थुप्रै सास्तीका कारण सङ्क्रमणको दोस्रो लहरले फेरि चिन्ता थपिएको हो ।

महामारीका बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति बढी प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्ने उनी बताउँछन् ।

समाज सेवाको क्षेत्रमा क्रियाशील राईको चिन्तासँगै धेरैको जीवन जोडिएको छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थालाई समाज, परिवारले नबुझ्दाको पीडा उनले पनि भोग्नुपरेको थियो ।

त्यही भोगाइलाई नै बाँच्ने उद्देश्य बनाएकी राई प्रभावितको जीवन लम्ब्याउने, यसप्रति सचेतना फैलाउने काम गर्ने अभियन्ता हुन् । राईले प्रभावित महिला, बालबालिकाको रोजगारी, शिक्षा, स्वास्थ्य, औषधि उपचार, पौष्टिक आहार जुटाउने प्रयास गर्दै आएकका छन् । ।

विश्वलाई नै असर पारिरहेको यस महामारीका कारण अन्य व्यक्तिका साथै एचआईभी/एड्सबाट प्रभावित व्यक्ति विशेषगरी महिलाकै रोजगारी खोसिने अवस्थाले पौष्टिक आहारका साथै एन्टिरेक्टल भाइरल थेरापी (एआरटी)जस्ता जीवन उपयोगी औषधि एक दिन पनि नटुटाई खानुपर्ने व्यक्ति झन् बढी प्रभावित हुने राईले बताए ।

एचआईभी/एड्सको सङ्क्रमणलाई नबुझी समाजले तिरस्कार गर्ने कारणले धेरै महिला/पुरुष र प्रभावितबाट जन्मिएका सन्तानको समेत पहिचान लुकाएर राख्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने उद्देश्यले सन् २००६ मा राईले शक्ति मिलन समाजको स्थापना गरेर काम गर्दै आएकका छन् । उनले संस्थामा कार्यकारी निर्देशकको भूमिकामा रहेर प्रभावितलगायत सहयोगी, स्वयंसेवी महिलासँग मिलेर एचआईभी/एड्सबारे जागरणको काम गर्दै आएकका छन् ।

यो संस्थाले सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन गर्दै ‘एक रुपियाँ’ अभियान, घरदैलो कार्यक्रम तथा परामर्श सेवा र संरक्षण गरी उद्धार नै गर्नुपर्नेहरूका लागि विभिन्न संस्थासँग समन्वय गर्दै सामुदायिक हेरचाह सेवा पनि सञ्चालन गर्दै आएको छ भने पछिल्लो समय आम्दानीको नियमित र दीर्घकालीन स्रोत व्यवस्थापनको उद्देश्यले फूलको नर्सरी सुरु गरिएको उनले जानकारी दिए ।

एचआईभी÷एड्स प्रभावितका लागि सरकारले एआरटी औषधि निःशुल्क उपलब्ध गराएको चर्चा गर्दै अभियन्ता सवनम (नाम परिवर्तन)ले भने , “अन्य रोग लाग्दा बिरामीले सबैको सहानुभूति पाउँछन् तर एचआईभी/एड्स प्रभावित हुँदा उनीहरूलाई घृणाको दृष्टिकोणले हेरिन्छ, यसो गर्नु अन्याय हो ।”

यसबाट प्रभावित श्रीमान्का कारण नेपालमा धेरै महिला थाहा नै नपाई एचआईभी÷एड्सबाट प्रभावित भएका छन् भने असुरक्षित रगत, एउटै सुई धेरैले प्रयोग गर्ने अवस्थालगायतको माध्यमबाट एचआईभी/एड्स सर्दा महिलाले खुलेर बाँच्न पाउने हक गुमाएको, महामारी, प्राकृतिक विपत्ति, भूकम्पलगायतका समयमा उनीहरू एआरटी औषधि नपाउने, खाद्यान्नको समस्यामा पर्न सक्ने, जोखिमलाई राज्यले पनि ध्यान दिनुपर्ने उनको तर्क छ ।

हाल संस्थामा १३५ जना महिलाले प्रत्यक्ष सेवा पाइरहेका छन् भने प्रभावित १२५ जना बालबालिकाले शिक्षाका लागि सहयोग पाइरहेका छन् । राष्ट्रिय एचआईभी तथा एड्स महासङ्घका अनुसार नेपालमा हाल २९ हजार ४२० जना महिला/पुरुष एचआईभी/एड्सबाट प्रभावित छन् । २१ हजार ७२० जनाले मात्र नियमित एआरटी खाइरहेका छन् । प्रभावितको तथ्याङ्कमध्ये बालबालिकाको सङ्ख्या मात्र १३ हजार ३६ छ ।

महासङ्घका वरिष्ठ कार्यक्रम संयोजक प्रकाशनाथ योगीले २९ हजारभन्दा बढी प्रभावितमध्ये आठ हजारभन्दा बढीले औषधि खाइरहेका छैनन् भने उनीहरूको खोजी हुनुपर्ने बताए ।

साथै १३ हजार ३६ जना बालबालिकालाई ग्लोबल फन्ड कार्यक्रमअन्तर्गत पोषण, उपचार र शिक्षाका लागि सामाजिक संरक्षण अनुदान सहयोग जुटाइरहेको संयोजक योगीले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ४१ बजे

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका थापा तथा एमालेका पोर्तेल र मेचे विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी