२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णालीका नवनियुक्त मन्त्रीलाई आज शपथ खुवाउने तयारी



काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ ।

आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नेकपा एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएपछि उनीहरुले मन्त्री उपहार पाएका हुन । पार्टी ह्वीप उल्लंघन गरेपछि एमालेले उनीहरुलाई कारबाही गरिसकेको छ ।

मुख्यमन्त्री शाहीले उनीहरुलाई मन्त्री नियुक्त गरेपनि एमालेले भने तीनैजनालाई पार्टी र सांसद पदबाटै हटाएको छ । एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

यस्तै पार्टी ह्वीप उल्लंघन गरेको र दल त्याग गरेकोमा उनीहरुको सांसद पद समेत खारेज हुने गरी कारबाही गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त