१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध



काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ को सुरुवात गरेको हो ।

आफ्ना लाखौं ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले कस्टुमर केयर मार्फत यस नवीन कार्यको थालनी गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस कस्टुमर केयरबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको मोबाइल बैंकिङ्ग एप भित्र रहेको यस कस्टुमर केयर आइकनमा च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पक, गुनासो टिकटका साथै ईमेल सुविधा उपलब्ध छन् ।

ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको  । ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : १३ बजे

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

भोजपुर । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षाका कारण प्रभावित हुने सम्भावना

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

बाढीपहिरोले बिपी राजमार्गसहित पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौं । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक

चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र