२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना संक्रमणका बेला विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गरेको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी



कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालय लगायतमा तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीसित पटक-पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए ।

अनेरास्ववियु अध्यक्ष गजुरेलसहित नेपाल विद्यार्थी सङ्घका विक्रम बुढा, अखिल (क्रान्तिकारी)का गणेशराज मिश्रा, अखिल (क्रान्तिकारी)का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौँका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीका बेला परीक्षा सञ्चालन कार्य रोक्न विश्वविद्यालयसँग माग गरेका छन् ।

विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन् । कोरोनाको सङ्क्रमित विद्यार्थी, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षा, क्वारेन्टिन र आइसोलेसनको यथाशीघ्र व्यवस्थापन गर्नसमेत उनीहरुले माग गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ३० बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७