८ चैत्र २०८२, आइतबार | March 22, 2026

सोमबार रातिदेखि बाँकेमा एक साता लकडाउन



नेपालगञ्ज । सोमबार राति १२ बजेदेखि लागु हुने गरी बाँके जिल्लाभरी एक साताका लागि लकडाउन हुने भएको छ ।

बाँकेका कोरोना संक्रमित ह्वात्तै बढ्दा स्थानीय प्रशासनले ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरेको थियो।

संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन बढाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ । आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने ब्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ ।

बाँकेका संक्रमणसँगै मृत्युदर बढेको छ । बाँकेमा रातिदेखि आइतबार अपराह्न ४ बजेसम्म सात जनाको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ३५ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ