काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज थप बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय पुगेको छ।
बिहीबार तोलामा २ हजार ३ सय घटेको सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय बढेर ३ लाख ३ हजार १ सय पुगेको थियो। २ दिनको अन्तरालमा सुनको मूल्य ५ हजार ७ सयले बढेको हो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर ४ हजार ७ सय ९५ पुगेको छ। शुक्रबार तोलामा १ सय ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ सम्म पुगेको थियो।
















प्रतिक्रिया