२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

जन्ती बोकेको बसलाई टिप्परको ठक्कर; दुई बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते



बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा टिप्परले तीन वटा जन्ती बसलाई ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना गम्भीर घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–बेलहिया सडक खण्डमा दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१५ की १० वर्षकी सरस्वती हरिजन र ८ वर्षकी की गंगा हरिजनको मृत्यु भएको प्रहरीले बताएको छ । भैरहवाबाट जन्ती लिएर बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्वरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ६०६४ नम्वरको टिप्परले पछाडिबाट ठक्कर दिएको थियो ।

टिप्परले पछाडिबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेको अर्को र लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको थियो । उक्त बस अनियन्त्रित भएर लु २ च ७०७२ नम्बरको बोलेर जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टिप्पर चालक सहित ६ जना घाइते भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेमध्ये टिप्पर चालकको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ४१ बजे

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३