२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनआरएनले दिएको दोस्रो जीवन : ‘गाउँगाउँमा एनआरएनएको प्रसंशा’



गत अक्टोवर महिनामा काठमाण्डौंस्थित त्रिभुवन विमान स्थलमा एक जना यात्री हुवील चेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएन् । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारिरीक रुपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं १० निवासी ३५ वर्षिय प्रकाश गुरुङ्ग अहिले ठमठम हिड्छन् । शारिरीक रुपमा पनि तन्दुरुस्त छन् ।

नेपाल फिरेको झण्डै ६ महिनाको अन्तरालमा गुरुङ्गले नयाँ जीवन पाएका छन् । उनका आफन्तहरु समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर चकित छन् ।

गुरुङ्गका आफन्त मध्येका एकले भने कस्तो अवस्थामा नेपाल आएको थियो अहिले कस्तो राम्रो भयो, हामी त कल्पना पनि गरेका थिएनौ यस्तो सुधार होला भनेर । अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, केही हिंडडुल गर्न सक्छन् ती आफन्तले बताए । अहिले छरछिमेकमा समेत खुसियाली छ । गैरआवासीय नेपाली संघले गत वर्ष देशी शुरु गरेको मानवीय उद्धारको सहयोगको प्रसंशा गाउँगाउँ सम्म हुने गरेको छ ।

प्रकाश अहिले फुर्शदको बेला साथीभाईहरुसंग गफिएर बस्ने गर्छन् । उनको खुशीको सिमा छैन् । “सबैको सामुहिक प्रयास हुँदा अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रकाश गुरुङ्ग” ।

उनी बैदेशिक रोजगारीका सिलसिलामा सन् २०१३ मा साउदी अरवमा गएका थिए । जटिल स्वास्थ्य समस्याका कारण झण्डै ७ बर्ष साउदी अरबको अस्पतालमा भर्ना भई झण्डै अचेत अवस्थामा रहेका उनलाई गैर आवासीय नेपाली संघले नेपाली राजदुतावाससंगको समन्वयमा गत अक्टोवरमा अन्तिम साता संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत सकुशल उद्दार गरी नेपाल फर्काएको थियो ।

गुरुङ्गलाई नेपाल सम्म फर्काउने कार्यमा साउदीस्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली राजदुतावास साउदी अरेविया तथा संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा।बद्री के।सी।ले महत्वपुर्ण भुमिका खेलका थिए ।

गैरआवासीय नेपाली संघको बैदेशिक रोजगार तथा कल्याणकारी विभागले मध्यपूर्वमा अलपत्र परेका नेपालीहरुको उद्धारको कार्य जारी राखेको छ । संघले हाल सम्म १७ हजार भन्दा बढीको उद्धार गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : १३ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको