८ चैत्र २०८२, आइतबार | March 22, 2026

निषेधाज्ञालाई प्रभावकारी रुपमा लागू गराउने तिलोत्तमा नगरपालिकाको निर्णय, सि.आई.सि.टी. टिम परिचालन



तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले कोरोना महामारी नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञालाई नगर क्षेत्रमा प्रभावकारी रुपमा लागू गराउन विभिन्न निर्णयहरु गरेको छ ।

नगर कार्यपालिकाको बुधबार आकश्मिक रुपमा बसेको बैठकले नगर क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढेको निष्कर्ष निकाल्दै नियन्त्रणको लागि निषेधाज्ञालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले रुपन्देही जिल्लाभर वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । तिलोत्तमाको कार्यपालिका बैठकले निषेज्ञधाज्ञाको कार्यान्वयनसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना र स्वास्थ्यकर्मीको परिचालनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

बैठकले संक्रमितहरुलाई अनिवार्य रुपमा होम आइसोलेशन वा नगरपालिकाले निर्माण गरेको आइसोलेशनमा बस्न÷बसाल्न जनप्रतिनिधि, टोल विकास संस्थाहरुसँग समन्वय गर्ने, संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र आधारभूत औषधि उपलब्ध गराउन सि.आई.सि.टी. टिम परिचालन गर्ने निर्णय गरेको छ ।

यस्तै कार्यपालिका बैठकले कोरोना फोकल पर्सनको रुपमा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईलाई तोकेको छ भने शंकरनगर आइसोलेशन सेन्टरमा स्वास्थ्यकर्मीको यथोचित व्यवस्थापन गर्ने, स्वास्थ्य संस्थाहरुलाई कोरोना नियन्त्रण अभियानमा प्रभावकारी रुपमा परिचालन गर्नेलगायतका निर्णय समेत गरेको छ ।

बैठकमा स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल र जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले नगरपालिकाले हालसम्म गरेका कोरोना नियन्त्रण सम्बन्धी काम र कोरोना संक्रमणको अवस्थाको बारेमा जानकारी गराएका थिए । बैठकले कोरोना नियन्त्रण अभियानको सन्दर्भमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीलगायतका जनप्रतिनिधि रहेको निर्देशक समिति समेत गठन गरेको छ ।

सो अवसरमा नगर प्रमुख घिमिरेले अहिलेको कोरोना महामारी निकै खतरापूर्ण रहेको तथ्य सार्वजनिक भैरहेको भन्दै संक्रमणलाई रोक्न सबैले आ-आफ्नो ठाउँबाट प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा उपचारको लागि शंकरनगरमा २० बेडको अक्सिजन सहितको आइसोलेशन सञ्चालन गरेको छ ।

यस्तै बिरामीलाई अस्पताल वा आइसोलेशन सेन्टरसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था गरेको छ भने संक्रमणको लक्षण देखिएका, जोखिममा रहेकाहरुलाई स्वास्थ्य संस्था र सिआइसिटी टिमको सिफारिसको आधारमा शंकरनगरमा एन्टिजन परीक्षणको व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ४५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड