२ पुस २०८२, बुधबार | December 18, 2025

कोरोनाको कहर : सयभन्दा बढी देशमा फैलियो, ३८०० बढीको मृत्यु



एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३८ सय नाघेको छ । अहिलेसम्म संक्रमितहरुको संख्या एक लाख १० हजार पुगेको छ ।

कोरोनाको माहामारी सयभन्दा बढी देशमा फैलिईसकेको छ । विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक जानकारी गराए अनुसार क्यानाडामा कोरोनाका कारण पहिलो ब्यक्तिको मृत्यु भएको छ । नयाँ १४ संक्रमितसहित कुल संक्रमितको संख्या ७१ पुगेको छ ।

कोरोना भाईरसको महामारीकै कारण ईरानमा अहिलेसम्म २ सय ३७ जनाले ज्यान गुमाईसकेका छन । त्यस्तै महामारीका कारण जटिल स्थिति उत्पन्न हुन नदिन भन्दै ईरान सरकारले ७० हजार कैदीहरुलाई रिहा गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीन बाहिरका मुलुकमा ३ हजार ९ सय ४० नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या २८ हजार ६ सय पुगेको छ । चीन बाहिरका देशमा मृत्यु हुनेको संख्या हालसम्म ६ सय ८६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ३२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल