१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

निषेधाज्ञामा एन आई सी एशियाले ‘एकिकृत हेल्प डेक्स’ सेवा दिने



काठमाडौ । मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ ।

यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल/इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा iServe) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन् ।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा  बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सकिनेछ ।

यसका लागि बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्ने जनाएको छ र त्यहाँ उपलब्ध आइभिआर पद्धतिद्वारा विभिन्न सेवाका लागि सम्बन्धित अधिकारीसँग कुरा गर्न सकिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : ३१ बजे

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको