२४ माघ २०८२, शनिबार | February 7, 2026

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन गर्ने



काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो ।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको जनाएको छ ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढँइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । ATM संख्या भने १९० हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अकार २ खर्ब माथि हुनेछ ।

नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्ष नै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ५५ बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड