३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोना संक्रमितको उपचार गर्न काठमाडौं उपत्यकाका तीन स्थान प्रस्ताव



काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमित व्यक्तिको उपचार गर्न तीन स्थान तय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक टोलीले मंगलबार काठमाडौं र भक्तपुरका तीन ठाउँको अवलोकन गरी स्थान तय गरेको हो ।

टोलीले कीर्तिपुरको आयुर्वेद केन्द्र, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको भवनलाई अस्थायी अस्पताल बनाउन सकिने प्रस्ताव गरेको छ ।

तीन स्थानमा एकैपटक तीन सय बिरामीको उपचार गर्न सकिने सरकारको तयारी छ । स्थानको अध्ययनका लागि स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेल र प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल गएका थिए । स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले तीन सय संक्रमित बिरामी राखेर उपचार गर्न सक्ने क्षमतासहितको स्थानबारे छलफल भएको बताए । तत्कालीन स्वास्थ्यसचिव खगराज बरालले काठमाडौंका ठूला अस्पताल वीर, शिक्षण, सिभिल, पाटनलाई कोरोनाका सम्भावित तयारी रहन निर्देशन दिएका थिए । तर, ती अस्पतालले मन्त्रालयको निर्देशन अटेर गर्दै आएका छन् ।

सरकारले संक्रमितमध्ये ८० प्रतिशत सामान्य अवस्थाका हुने र उनीहरूलाई घर पठाएर त्यहीँ आवश्यक उपचार गर्न सकिने विश्वास लिएको छ । १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने हुन सक्ने भएकाले खरिपाटी तालिम केन्द्र र कीर्तिपुर आयुर्वेद केन्द्रमा भर्ना गरेर उपचार गर्ने सरकारको योजना छ ।

पाँच प्रतिशतका लागि भने आइसियुसहित भेन्टिलेटरको आवश्यकता पर्न सक्ने भएकाले उनीहरूलाई टेकु अस्पतालमा राखेर उपचार गर्न सकिने विषयमा तयारी अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले जानकारी दिए ।

‘चीनको अनुपातमा नेपालमा कोरोना भाइरस फैलिएमा एक महिनामा एक सय बिरामी आउने अनुमान सरकारले गरेको छ । त्यो टेकुले मात्रै व्यवस्थापन गर्न सक्छ, तर इरान र इटालीमा जस्तो तीव्र रूपमा फैलिएमा तीन स्थानमा गरी तीन सय बिरामी धान्न सक्छौँ भन्ने अनुमान छ,’ पोखरेलले भने । प्रस्तावित स्थानका लागि आवश्यक पर्ने उपकरण सरकारले छोटो बाटोबाट खरिद गर्ने भएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ५१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको