१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना संक्रमितको उपचार गर्न काठमाडौं उपत्यकाका तीन स्थान प्रस्ताव



काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमित व्यक्तिको उपचार गर्न तीन स्थान तय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक टोलीले मंगलबार काठमाडौं र भक्तपुरका तीन ठाउँको अवलोकन गरी स्थान तय गरेको हो ।

टोलीले कीर्तिपुरको आयुर्वेद केन्द्र, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको भवनलाई अस्थायी अस्पताल बनाउन सकिने प्रस्ताव गरेको छ ।

तीन स्थानमा एकैपटक तीन सय बिरामीको उपचार गर्न सकिने सरकारको तयारी छ । स्थानको अध्ययनका लागि स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेल र प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल गएका थिए । स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले तीन सय संक्रमित बिरामी राखेर उपचार गर्न सक्ने क्षमतासहितको स्थानबारे छलफल भएको बताए । तत्कालीन स्वास्थ्यसचिव खगराज बरालले काठमाडौंका ठूला अस्पताल वीर, शिक्षण, सिभिल, पाटनलाई कोरोनाका सम्भावित तयारी रहन निर्देशन दिएका थिए । तर, ती अस्पतालले मन्त्रालयको निर्देशन अटेर गर्दै आएका छन् ।

सरकारले संक्रमितमध्ये ८० प्रतिशत सामान्य अवस्थाका हुने र उनीहरूलाई घर पठाएर त्यहीँ आवश्यक उपचार गर्न सकिने विश्वास लिएको छ । १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने हुन सक्ने भएकाले खरिपाटी तालिम केन्द्र र कीर्तिपुर आयुर्वेद केन्द्रमा भर्ना गरेर उपचार गर्ने सरकारको योजना छ ।

पाँच प्रतिशतका लागि भने आइसियुसहित भेन्टिलेटरको आवश्यकता पर्न सक्ने भएकाले उनीहरूलाई टेकु अस्पतालमा राखेर उपचार गर्न सकिने विषयमा तयारी अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले जानकारी दिए ।

‘चीनको अनुपातमा नेपालमा कोरोना भाइरस फैलिएमा एक महिनामा एक सय बिरामी आउने अनुमान सरकारले गरेको छ । त्यो टेकुले मात्रै व्यवस्थापन गर्न सक्छ, तर इरान र इटालीमा जस्तो तीव्र रूपमा फैलिएमा तीन स्थानमा गरी तीन सय बिरामी धान्न सक्छौँ भन्ने अनुमान छ,’ पोखरेलले भने । प्रस्तावित स्थानका लागि आवश्यक पर्ने उपकरण सरकारले छोटो बाटोबाट खरिद गर्ने भएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : ५१ बजे

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका