६ श्रावण २०८३, बुधबार | July 23, 2026

बाग्मती किनारमै ‘चिता’



काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमवारबाट भने बाग्मती किनार समेत शव जलाउन प्रयोग गरिन थालिएको छ ।

कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको छ । ‘शवको चाप अत्यधिक बढ्यो, त्यसले गर्दा बाग्मतीमा अन्त्येष्टि थालेका छौं,’ सदस्य सचिव ढकालले भने ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आकलन समेत गरेको छ । हाल पशुपति आर्यघाटमा ३ विद्युतीय शवदाह गृह छन् । तीमध्ये १ मर्मतकै क्रममा छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या भएपछि कोषसँगको समन्वयमा विद्युतीय शवदाह गृह नजिकै बाग्मती नदी किनार रोजिएको जानकारी दिए । ‘विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या हुन थाल्यो,’ उनले भने, ‘संख्या बढ्दै जाँदा चाप पनि बढ्दो भएर बाग्मती किनार संक्रमित शवको अन्त्येष्टि थालिएको हो ।’

सैनिक प्रवक्ता पौडेलका अनुसार गत वैशाख १७ र १८ गते २६ संक्रमितको शव पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । तर वैशाख १९ गते मृतक संख्या बढेर ३१ पुग्यो । सोमवार साँझसम्म पशुपति आर्यघाटमा ३६ जनाको शव अन्त्येष्टिका लागि अनुरोध आएको छ ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आकलन समेत गरेको छ । संक्रमण गतिमा ‘चेनब्रेक’ नहुँदा सरकारले निषेधाज्ञा देशव्यापी बनाउँदै लगेको छ भने उपत्यकामा जारी लकडाउन बढाउने तयारी गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ५० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क