११ श्रावण २०८३, सोमबार | July 27, 2026

सीमा जोडिएका फरक जिल्लामा फरक मापदण्डका निषेधाज्ञाका कारण टिप्पर ब्यवसाय मर्कामा



बुटवल । एउटै उद्देश्य प्राप्तिकालागि गरिएको निषेधाज्ञाको जिल्लै पिच्छे फरक फरक मापदण्ड बनाईंदा ब्यवसायी र सर्वसाधारणले सास्ती ब्यहोर्नु रेको छ । सिमा जोडिएका जिल्लाहरुमा समेत निषेधाज्ञाको समय तालिका फरक फरक बनाईएपछि संघीय सरकारले ताकेको निर्माण समाग्रीको वसारपसारमा समस्या उत्पन्न भएको छ ।

सीमा जोडिएका रुपन्देही र पाल्पामा जारी निषेधाज्ञाको समय तालिका फरक परेका कारण टिप्पर ब्यवसाय धरापमा परेको ब्यवसायीहरुले गुनासो गरेका छन् । पाल्पा भन्दा पहिले नै निषेधाज्ञाको घोषणा गरेको रुपन्देहीले दिनभरी मालबाहक सवारी साधन चल्न रोक लगाएको छ भने पाल्पाले रातभरी मालबाहक गाडी चल्न रोक लगाएको छ । रुपन्देहीका निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुलाई कच्चा पदार्थ ढुवानी गर्दै फरक फरक समय तालिकाका कारण पाल्पाबाट रुपन्देही आउँदा २ दिन बिताउन बाध्य बनेका छन् । रुपन्देही र नवलपरासीमा संचालनमा रहेका सिमेण्ट उद्योगहरुको अधिकांस चुनढुंगा पाल्पाबाटै आउने गरेको छ ।

पाल्पामा बिहान लोड भएको टिप्पर दिनभरी चिडियाखोलामा बसेर रातपरेपछि मात्र रुपन्देही प्रवेश पाउँछन्, उद्योगहरुले राती अनलोड नगरिदिँदा अर्को राती फर्केर पुनः चिडिया खोलामा रातभरी कुर्न बाध्य हुनु परेको टिप्पर ब्यवसायीको गुनासो छ । दिनमा २ ट्रिप सम्म गर्ने गरेको टिप्परलाई २ दिनमा एक ट्रिपमा सिमित गरिएको तमन्ना ढुवानी सेवाका संचालक तोया लम्सालले बताए । ‘४-५ महिनाको कमाईले वर्ष भरि पु¥याउनु पर्ने पेशालाई ‘पिक आवर’मा ठप्प पारिदिएपछि बैंक ब्याज कसरी तिर्ने, परिवार कसरी पाल्ने ?’ लम्सालले भने, ‘कि चल्नै नपाउने भनेर रोकिदिए हुन्थ्यो, तर चल्न दिने भनेर पनि समय तालिका फरक पारेर अवरोध पारियो ।’

जिल्ला प्रशासन कार्यालय पाल्पाले विहान ४ बजेदेखि साझ ९ बजेसम्म मात्रै ढुवानीका साधन सञ्चालन गर्न पाउने नियम बनाएको छ भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रातको ८ बजेदेखि विहान ४ बजेसम्म ढुवानीका साधनलाई अनुमति प्रदान गरेको छ ।

संघीय सरकारले नै निषेधाको मापदण्ड बनाउँदा निषेधाज्ञाको समयमा पनि ढुवानी व्यवसायीहरुलाई सञ्चालन गर्ने अनुमति दिए पनि स्थानीय प्रशासनले फरक फरक मापदण्ड बनाएर ब्यवसाय चल्न नसक्ने वातावरण बनाएको ब्यवसायीहरुको गुनासो छ ।

निषेधाज्ञाका बिषयमा समय तालिकामा समन्वय हुन नसकेका बिषयमा जिज्ञासा राख्दा पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले मान्छेको बाँच्न पाउने अधिकार भन्दा ब्यवसाय ठूलो नहुने भएकाले ब्यवसायलाई यस भन्दा बढी छुट दिन नसकिने बताए । उनले अर्को हप्ताबाट जुनसुकै सवारी साधन संचालनमा रोक लगाउने अवस्था आउन सक्ने भन्दै गाँउका गाँउ संक्रमण फैलँदा कसैलाई छुट दिन नसकिने बताए । ‘गाँउका गाँउ बिरामी भएर बेहाल छ, २४ सै घण्टा मुख्यमन्त्री देखि स्वास्थ्य मन्त्रालय सम्म समन्वय गरेर संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भनेर लाग्नु पर्ने भएको छ, ब्यवसायीको गुनासो सुन्ने अवस्था छैन ।’ प्रजिअ पाण्डेले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दिनमा भिडभाड बढि हुन्छ भनेरै रातमा सिमित साधनहरुलाई छाडीएको बताउँदै परिस्थितीले रातमा पनि रोक्नु पर्ने अवस्था आएको बताए । उनले चेन ब्रेकका लागि कम्तीमा १० दिनको नतिजा हेर्न आवश्यक रहेको बताउंदै १० दिन पुग्नै लाग्दा निषेधाज्ञालाई थप कडा पार्न प्रहरीलाई निर्देशन गरिएको बताए ।

पाल्पाको तिनाउ गाउँपालिकामा मात्रै ५० बढी व्यवसायीहरुद्वारा ३ सय बढी टिप्पर सञ्चालन गर्दै आएका छन् । ‘फागुन देखि जेठ सम्मको कमाईले बैंक ब्याज देखि कर र घर खर्च चल्ने हो, त्यहि समयमा पोहोर पनि बन्द भयो यसपालि पनि अवस्था सहज छैन ।’ ब्यवसायी लम्सालले भने ।

तिनाउ गाँउपालिकालाई कार्यक्षेत्र बनाएर संचालनमा रहेका टिप्परहरुबाट मात्र ७ सय बढीले राजगारी पाएका छन् । तिनाउ गाँउपालिकामा रहेको ६ वटा खानी उद्योगबाट आउने सबै चुनढुंगा रुपन्देही र नवलपरासीका सिमेण्ट उद्योगहरुमा ढुवानी हुने गर्दछ ।

प्रति टिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म तिर्नु पर्ने व्यवसायीहरु गत वर्षको जस्तै ठप्प हुँदा चौपट हुने भन्दै गुनासो गर्ने गरेका छन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : ०९ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न