६ श्रावण २०८३, बुधबार | July 23, 2026

पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन



काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालपछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको जिम्मेवारीसमेत बढेको छ । सातै प्रदेशका पृतना मातहत र उपत्यका पृतनाबाट संक्रमितको उपचार गर्न भन्दै अस्थायी अस्पताल योजनासमेत बनाइएको छ ।

सेनाले हाल कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्दै आएको छ । उसले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा थप भूमिका पूर्वानुमान, विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारी गरिरहेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ३६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क