३ पुस २०८२, बिहिबार | December 19, 2025

नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्याङ्की खरिद



सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ ।

नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको २०७६ असार ३१ गते सम्पन्न नगरसभाले प्रमुखका लागि गाडी खरिद गर्न ५० लाख छुट्याएको थियो । सोही रकमबाट ४२ लाखमा रोलर र ६ लाखमा पानी हाल्ने ट्याङ्की खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललनकुमार कर्णले जानकारी दिनुभयो ।

नगरपालिकामा रहेको स १ ज ४९० नम्बरको गाडी प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।

नगरप्रमुख र उपप्रमुखका लागि गाडी अभाव भएपछि नगरसभाले नै गाडी खरिद गर्ने निर्णय गरेको थियो । तर, गत मङ्सिरमा बसेको कार्यपालिकाको बैठकले गाडीलाई छुट्याएको बजेट रकमान्तर गरी निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गर्ने निर्णय गरेको नगरउपप्रमुख आशा चौधरीले जानकारी दिनुभयो ।

‘नगरको आवश्यकताअनुसार उक्त निर्णय गरिएको हो,’ नगरप्रमुख शर्माले भन्नुभयो । नगरपालिकाले नगरवासीको आवश्यक्तालाई मध्यनजर गरी एक महिनाभित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने गरी खरिदको प्रक्रियासमेत अघि बढाएको छ ।

‘सामान्य अवस्थाबाहेक अधिकांश बिरामीलाई उपचारका लागि राजविराज, धरान र विराटनगर पुर्याउनुपर्ने हुनाले नगरपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएर नागरिकलाई सुविधा दिन खोजेको हो,’ नगरप्रमुख शर्माले भन्नुभयो ।

अधिकांश स्थानीय तहले विकास बजेटबाट सवारीसाधन खरिद गरेर आलोचना खेपिरहेका बेला सप्तकोशी नगरपालिकाले निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गरेर उपयुक्त निर्णय गरेको स्थानीय न्यासुर तामाङले बताउनुभयो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ११ : ०७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको