१० श्रावण २०८३, आइतबार | July 26, 2026

पूर्वी नवलपरासीका दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन



नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् ।

गैँडाकोट नगरपालिकाले कोभिड-१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड-१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पु-याउन तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए । पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित बिरामीका लागि दुई र गर्भवतीका लागि एक एम्बुलेन्स निःशुल्करूपमा सञ्चालन गर्ने गरी तयारी अवस्थामा राखेको बताए ।

“कोरोना सङ्क्रमितका लागि छुट्याइएको दुई एम्बुलेन्समध्ये एउटा नगरपालिका परिसरमा र अर्को अमरापुरीमा राखिएको छ”, पौडेलले भने, “गर्भवतीका लागि सञ्चालन गरिएको एम्बुलेन्स भने पितौजीको बर्थिङ सेन्टरमा स्ट्याण्डबाइ रहनेछ ।” नगरपालिकामा राखिएको एम्बुलेन्स किसान साकोसको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने नगरप्रमुख पौडेलले बताए । किसान साकोसको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो ।

नगरपालिकामा विभिन्न सङ्घसंस्थासहित सातवटा एम्बुलेन्स रहेको भए पनि सङ्क्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको पौडेलले बताए । एम्बुलेन्स आवश्यक पर्ने सङ्क्रमितले सिधै नगरपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्ने पौडेलले बताए ।

कोभिड सङ्क्रमण भएका बिरामीलाई अस्पताल पु-याउनका लागि नगरपालिकामा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८५५०५६५५९ तथा अमरापुरीमा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८६३२७२७२४ र गर्भवतीका लागि एम्बुलेन्स आवश्यक परेमा पितौजीको बर्थिङ सेन्टरमा ९८५५०६४३८८ मा सम्पर्क गर्नसमेत पौडेलले आग्रह गरे ।

त्यसैगरी कावासोती नगरपालिकाले समेत कोभिड-१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरभित्रका सङ्क्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने नगर उपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए । नगरपालिकाले कोभिड-१९ सङ्क्रमितको हेरचाह, स्वास्थ्य परामर्श र उपचारका लागि २० स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको मर्दनियाले जानकारी दिए ।

अक्सिजनसहितको आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागि मध्यविन्दु जिल्ला अस्पतालसँग समन्वय गरिएको मर्दनियाको भनाइ छ । डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको लागि २८ शय्याको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

आजसम्म पुग्ने गरी बिरामीका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर मौज्दात रहेको भन्दै सुवेदीले थप अक्सिजनका लागि तयारी भइरहेको जानकारी दिए । रासस

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : १४ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले