१६ असार २०८३, मंगलबार | July 1, 2026

सत्तासमिकरणको सकस : तीव्र दौडधुपमा विपक्षी दल



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् ।

कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने’ प्रस्ट पारिसकेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तासँगै ‘अब फेरि मत नदिने’ बताएको छ । यी दुई दल अन्य विपक्षीलाई समेत आफ्ना ‘कित्ता’मा ल्याउने प्रयासमा छन् ।

कांग्रेसले ‘अविश्वासको मत’का लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपालसमूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार ‘अब कसरी अघि बढ्ने ?’ भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ । विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई ‘मत नदिन आग्रह गरिने’ उनले जानकारी दिए ।

गएको मंगलबारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।

बिहीबार साँझ एमाले नेता नेपालले समेत बूढानीलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका छन् । भोलिपल्ट शुक्रबार साँझै माओवादी अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

यता, ललितपुरमा बुधबार विपक्षी दलबीच छलफल नै चलिसकेको छ । सो छलफलबाट विपक्षी दलले ‘राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धन बनाएर अघि बढ्ने’ निर्णय भएको थियो ।

प्रधानमन्त्री ओलीले गएको बुधबार कांग्रेससँग ‘विश्वासको मत’ माग्दै सहकार्य प्रस्ताव गरेका थिए । उनले एमाले नेतासहित कांग्रेस सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर विश्वासको मत मागेका हुन् ।

तर, कांग्रेसले ‘विश्वास गर्ने वातावरण नभएको’ भन्दै ‘मत दिन नसकिने’ जवाफ दिइसकेको छ । सत्ताधारी दलको क्रियाकलाप ‘ठीक नभएको र सरकार पटकपटक गलत बाटोमा हिँडेको’ भन्दै कांग्रेसले सरकारलाई सचेतसमेत गराएको छ ।

कांग्रेसले कोरोना संक्रमण व्यापक रूपमा बढ्दासमेत ‘सही ढंगबाट काम नगरेको’ भन्दै सरकारको आलोचनासमेत गर्दै आएको छ । त्यस्तै, बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायत महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला ‘विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको’ भन्दै सरकारप्रति कांग्रेस रुष्ट छ ।

उता, जसपा नेता डा. बाबुराम भट्टराई र यादवसमेत सरकारसँग रुष्ट छन् । उनीहरूले नेतृत्व गरेको जसपाको ठूलो शक्ति एकातिर हुँदा महन्थ ठाकुरसहितका केही नेता ‘कसरी अघि बढ्ने ?’ भन्नेमा प्रस्ट खुल्न सकेका छैनन् ।

यद्यपि, नेता राजेन्द्र महतोले भने प्रधानमन्त्री ओलीको ‘कित्ता’मा उभिन नसक्ने संकेत गरिरहेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ३४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी