२० मंसिर २०८२, शनिबार | December 6, 2025

शिवम् सिमेन्टको नाफा २६ प्रतिशतले बढ्यो,कमायो १ अर्ब भन्दा बढी नाफा



काठमाडौ । शिवम् सिमेन्टको नाफा २६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण सार्वजानिक गर्दै शिवम्ले २६ प्रतिशतले नाफा बढेको
वित्तीय विवरण सार्वजनिक गरेको हो । नाफा सँगै कम्पनीको प्रति शेयर आम्दानी पनि बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सिमेन्ट बिक्रीमार्फत हुने आम्दानीको साथै अन्य आम्दानी समेत बढेकोले नाफ बढेको हो ।

यस अवधिमा कम्पनीको मुख्य व्यवसायबाट हुने आम्दानी ३.८३ प्रतिशतले बढेर ७अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको अन्य आम्दानी पनि २४५ प्रतिशतले बढेर ३ करोड ८९ लाख रुपैयाँ पुगेको छ। जुन गत वर्ष १ करोड १२ लाख रुपैयाँ थियो।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ११ पैसाबाट बढेर ३३ रुपैयाँ ०३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात ४३।८१ गुणा रहेको छ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : २८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय