२० मंसिर २०८२, शनिबार | December 7, 2025

‘पूर्वमन्त्री सुदर्शनको सुझाव सुदर्शनलाई नै’



बुटवल । कोरोनाको दोस्रो लहरको महामारीसँगै संक्रमितको उपचारका लागि सरकारले आलोचना खेपिरहेको छ ।

संक्रमित बिरामीले उपचारका लागि बेड नपाउँदा र उपचारमा रहेका संक्रमितको अक्सिजन अभावकका कारण मृत्यु हुँदा आलोचना हुनु स्वभाविक नै हो ।

सरकारले संक्रमितको उपचारका लागि जति तयारी र पहल गर्नुपथ्यो त्यो गरिरहेका छैन नै । सरकारले यसरी जनताको स्वास्थ्यप्रति ध्यान नदिदा अकालमा धेरैले ज्यान गुमाइरहेका छन् ।

आलोचित हुनुका धेरै कारणहरु होलान त्यसमध्ये सरकारी स्वास्थ्य प्रणाली चुस्त नहुँदाको परिणाम प्रमुख हो । त्यसको दोष सरकारको विभागिय मन्त्रालय सम्हाल्ने मन्त्रीको प्रमुख हो । लुम्बिनी प्रदेशको कुरा गर्दा स्वास्थ्यको जिम्मेवारी सामाजिक विकास मन्त्रीको हैसियतले सुदर्शन बरालले लिएका थिए ।

उनै पूर्व मन्त्रीले मन्त्री पदबाट बाहिरिएको हप्तादिनभित्रै बैशाख २५ गते ६ बुँदा राखी सरकार, नागरिक समाज, राजनैतिक दल र नागरिक समाजलाई सम्बोधन गर्दै अपिल प्रकाशनमा ल्याए । अपिलमा स्वास्थ्यका जनशक्ति बढाउने, उनिहरुको जोखिम भक्ता र अन्य कार्यक्रम ल्याई मनोबल बढाउन, स्वास्थ्य सामग्री खरिद र खर्चमा पारदर्शिता ल्याउ, स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै गैरसरकारी संघसंस्था, नागरिक समाजलाई एकिकृत योजनामा लगाउन, स्थानीय तह र प्रदेश सरकारबीच सयन्त्र निर्माण गर्न सुझाव दिएका छन् ।

उनको सुझाव आइरहदा जनमानसले भने मन्त्री हुँदा के हेरि बसिरहेको त ? तपाई मन्त्री हुँदा किन जोखिम भत्ता खुवाउन सक्नुभएन त ? मन्त्री हुँदा शिलान्यास, उद्घाटनमा बित्यो, फुर्सद भएपछि फुर्यो ? मन्त्री छाडेको त धेरै भएको छैन नि ? सल्लाह सुझाव दिन सजिलो छ, आफु हुँदाको क्षण स्मरण गरौं । सत्तामा हुँदा केही गर्दैनन्, हटेपछि सुझाव दिने र माग अघि सार्ने ? लगायतका प्रश्नहरु पूर्वमन्त्री सुदर्शन बरालप्रति तेर्साएका छन् ।

मन्त्रालयका कर्मचारी भन्छन्, मन्त्री बरालमा काममा खटिने कुरालाई त राम्रै मान्नुपर्छ तर ठूलालाई नसक्ने सानालाई पेल्ने, पाटीलाई काखि च्पाप्ने बानी चाहि गलत छ । अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाउँदा आर्थिक मामिला तथा योजना मन्त्रालयमा माग्न जानुको सट्टा अस्पतालमा पुगेर मेसुलाई थर्काउनुहुन्थ्यो । ति कर्मचारीको भन्दैथिए, मन्त्रालयले उपलब्ध गराएको बजेट भन्दा बढी जोखिम भक्ता अस्पतालले कहाँबाट देओस् । गलत गरेका प्रमाणहरु बाहिर आएपनि आफ्ना पाटी नजिकका व्यक्तिलाई कार्वाही प्रक्रियामा वेवास्ता गर्ने बानी पनि उनीमा थियो, ति कर्मचारीले थपे । उक्त समाचार आजको बुटवल टुडे राष्ट्रिय दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : १८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल