१४ माघ २०८२, बुधबार | January 28, 2026

हुम्लाका पाँच गाउँपालिका फैलियो कोरोना



हुम्ला । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।

पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स-क्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो ।

हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघार जना सङ्क्रमण मुक्त भइसकेका छन् । हालसम्म ताँजाकोटमा ९८ जनामा परीक्षण गर्दा २९ मा सङ्क्रमण पुष्टि भएको छ ।

अदानचुलीमा २० जनामा परीक्षण गर्दा सात, सर्केगाड गाउँपालिकामा ७४ मा ११ तथा चङ्खेली गाउँपालिकामा सोमबार मात्रै ४४ जनामा परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । यस्तै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा गरिएको परीक्षणमा हालसम्म २० जनामा सङ्क्रमण देखिएको थियो ।

जिल्लाका स्थानीय तहले आफ्ना मातहतका गाउँमा बिरामी सङ्ख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन किट खरिद गरी कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् ।

जिल्लामा पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसयता दैनिकरूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र सङ्क्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ७ : ०५ बजे

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २१ र २२ गते आयोजना हुँदै

बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ