१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

कपिलवस्तुमा गोली चल्यो, माओवादी केन्द्रका नेता दिपक पाण्डे सहित अर्का एकजना घाईते



बुटवल । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति तौलिहवा–जीतपुर सडकखण्डमा पाण्डेमाथि तीनजनाको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तौलिहवाका ३५ वर्षीय स्थायी बासिन्दा पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । हाल उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । उनीसँगै माेटरसाईकलमा सवार अर्का एकजना पनि घाईते भएका छन् ।

पाण्डेको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।

घाईते पाण्डे सहित भारतीय नागरिक माहेम्मद निसार खान र रियाज अख्तर मुसलमान एउटै बाईकमा गणेशपुर ताल क्षेत्रबाट तौलिहवा तर्फ आउँदै गरेको अवस्थामा निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका समूहले पाण्डे चढेकाे बाईकमा पाण्डेमाथि लक्षित गर्दै माथि गोली प्रहार भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । प्रजिअ पाण्डेका अनुसार गोली प्रहारबाट पाण्डे र भारतीय नागरिक रियाज अख्तर मुसलमान घाईते भएका छन् । पाण्डेको पेट र ढाडमा गोली लागेको र मुसलमानको कुममा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ३६ बजे

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा