२० बैशाख २०८१, बिहिबार | May 2, 2024

यसरी हुँदै छ, ‘ननकोभिड’को उपचार



काठमाडौं । कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन् । मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ ।

खासगरी मिर्गौला, मुटुरोग, क्यान्सर, हाडजोर्नी, नसालगायत दीर्घरोगका बिरामी कोरोना महामारीबीच बढी प्रताडित छन् । यद्यपि, स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ ।

निषेधाज्ञाका कारण दीर्घरोगीलाई आवतजावतमा समस्या हुँदै आएको छ । काठमाडौंका विभिन्न अस्पताललगायत देशबाहिरै गएर उपचार गराइरहेका बिरामीले प्रत्यक्ष चिकित्सक भेटेर ‘फ्लोअप’ गर्न पाएका छैनन् ।

‘मेरो छाती एकदमै दुख्छ, एकपटक काठमाडौं गएर चेकजाँच गरौं भनेको सार्वजनिक गाडी पनि चल्दैनन्,’ कपिलवस्तु चन्द्रौटाका श्याम त्रिपाठीले आइतबार बताए, ‘एम्बुलेन्समा जाऊँ भने महँगो पर्छ । फेरि काठमाडौं आएपछि उपचार नपाइने हो कि रु भन्ने चिन्ता पनि छ ।’

केही सरकारी अस्पतालले मिर्गौलापीडितलाई डायलासिस र थप उपचारका लागि समेत ‘बेड नभएको’ भन्दै फर्काउने गरेको पाइएको छ । मुटु, मिर्गौला तथा क्यान्सरका बिरामीसमेत प्रत्यक्ष मारमा परेका छन् ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन छुट्टै ‘ननकोभिड’ अस्पताल व्यवस्था गरिए सहज हुने बताउँछन् । ‘कोभिड अस्पतालमा कोरोना संक्रमण नभएका जानै डराउँछन्,’ उनी भन्छन्, ‘मुख्यतः गर्भवती, दीर्घरोगी, आकस्मिक शल्यक्रियाका बिरामी पनि हुन्छन् । कोरोना संक्रमण नभएकाको बिरामी उपचार गराउने सरकारी अस्पतालको सूची सार्वजनिक गरे सहज हुनेछ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार ‘ननकोभिड’मध्ये प्रायः खोप लगाउनुपर्ने बालबालिका, गर्भवती, क्यान्सरका बिरामी अस्पताल आउनुपर्नेहुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने ‘ननकोभिड’ उपचार सेवा प्रभावित नभएको दाबी गर्छन् ।

‘ननकोभिडका लागि अस्पतालमा छुट्टै ब्लग व्यवस्थासहित उपचार भइरहेको छ, सेवा रोकिएको छैन,’ प्रवक्ता डा. गौतमले भने, ‘इमर्जेन्सी अप्रेसनसमेत भइरहेको छ ।’ उनका अनुसार बालबालिकाका लागि खोप र क्यान्सर, मुटुरोगीको उपचार निरन्तर जारी छ ।

तर, अधिकांश अस्पतालमा हाल ‘ननकोभिड’ बिरामीको पूर्वयोजनासहित पित्तथैली शल्यक्रिया, पाठेघरको ट्युमर निकाल्नुपर्नेलगायत सेवा रोकिएको अवस्था छ । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : २१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक