२४ बैशाख २०८१, सोमबार | May 7, 2024

सुदुरपश्चिमबाट एमाले केन्द्रलाई चुनौती : सरकारबाट नबाहिरिने प्रदेश संसदीय दलको निर्णय



धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारबाट तत्कालै नबाहिरिने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको आज बसेको बैठकले पार्टी केन्द्रको निर्णयलाई चुनौती दिँदै सरकारबाट बाहिरिने र सरकारलाई दिँदै आएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले २४ घण्टाभित्र सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

अहिले सरकारबाट फिर्ता हुँदा अर्को सरकार बन्न कठिन हुने देखिएको सांसद पूर्णा जोशीले बताइन । बैठकले कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो । महामारीसँग जुध्न सरकारालाई सघाउने र अन्य सबै दलहरुसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित २५ जना रहेका छन् । तीमध्ये २१ जना सदस्य उपस्थित भएका थिए । प्रदेशसभामा नेपाल खनाल पक्षका १८ जना सांसदहरु रहेका छन् । बैठकमा ओली पक्षका तीन जना सांसदहरु मात्र उपस्थित भएका थिए ।

पार्टी केन्द्रमा देखिएको विवादको चरमोत्कर्षको प्रभावका कारण प्रदेश संसदीय दलको बहमुतमा रहेको नेपाल खनाल पक्षले सरकारबाट नबाहरिने निर्णय गरेर पार्टीलाई चुनौती दिएको हो । सुदुरपश्चिम एमालेमा नेपाल खनाल पक्षका प्रभावशाली नेता भीम रावलको निकै प्रभाव रहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १ : ५६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,