२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सुदुरपश्चिमबाट एमाले केन्द्रलाई चुनौती : सरकारबाट नबाहिरिने प्रदेश संसदीय दलको निर्णय



धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारबाट तत्कालै नबाहिरिने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको आज बसेको बैठकले पार्टी केन्द्रको निर्णयलाई चुनौती दिँदै सरकारबाट बाहिरिने र सरकारलाई दिँदै आएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले २४ घण्टाभित्र सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

अहिले सरकारबाट फिर्ता हुँदा अर्को सरकार बन्न कठिन हुने देखिएको सांसद पूर्णा जोशीले बताइन । बैठकले कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो । महामारीसँग जुध्न सरकारालाई सघाउने र अन्य सबै दलहरुसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित २५ जना रहेका छन् । तीमध्ये २१ जना सदस्य उपस्थित भएका थिए । प्रदेशसभामा नेपाल खनाल पक्षका १८ जना सांसदहरु रहेका छन् । बैठकमा ओली पक्षका तीन जना सांसदहरु मात्र उपस्थित भएका थिए ।

पार्टी केन्द्रमा देखिएको विवादको चरमोत्कर्षको प्रभावका कारण प्रदेश संसदीय दलको बहमुतमा रहेको नेपाल खनाल पक्षले सरकारबाट नबाहरिने निर्णय गरेर पार्टीलाई चुनौती दिएको हो । सुदुरपश्चिम एमालेमा नेपाल खनाल पक्षका प्रभावशाली नेता भीम रावलको निकै प्रभाव रहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १ : ५६ बजे

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक