१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रपतिद्वारा बजेटसम्बद्ध तीन अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बद्ध तीन वटा अध्यादेश जारी गरेकी छिन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

अब राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै अर्थमन्त्री विष्णु पौडेलले आर्थिकवर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दैछन् ।

केही दिनअघि मात्र संसद विघटन गरेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

पूर्वअर्थमन्त्री एवं अर्थविद्हरुले जनप्रतिनिधिमुलक संस्था नभएको बेलामा करमा हेरफेर हुने गरी पूर्ण बजेट ल्याउन नहुने बताइरहेको बेला सरकारले भने सवा १६ खर्ब को पूर्ण बजेट अध्यादेशमार्फत ल्याउन लागेको हो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : ४८ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।